October 27, 2024, Sunday
KN hd tv

प्रचण्डले ओलीलाई भेट्न अनिच्छा देखाउनुका ५ कारण

काठमाडौं– नेकपा अध्यक्षद्वयबीचको संवादहीनताको अन्त्य गर्न नेकपाका तीन नेता असफल भएका छन्। नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएका थिए। प्रचण्ड सचिवालयका अनुसार तीनै जनालाई उस्तै जवाफ दिएर प्रचण्डले भेटप्रति अनिच्छा प्रकट गरेका हुन्। 

प्रचण्ड सचिवालयका एक सदस्यका अनुसार कोरोना संक्रमित नेता जनार्दन शर्मालाई आफूले भेटेका कारण बालुवाटार नजाने प्रचण्डको भनाइ थियो। तर, संकेतमा उनले प्रधानमन्त्री ओलीलाई भेट्नुका ‘अर्थ’ नभएको दर्शाएका छन्। आफ्ना निकटस्थ नेताहरुसँग कुरा गर्दा भेट्न नचाहेको बुझेपछि अध्यक्ष ओली आफैंले फोन समेत गरेका थिए। तर, प्रचण्डको जवाफ नफेरिएको बुझिएको छ।

त्यसअघि भएको राजदूत सिफारिस पनि पार्टीमा सल्लाह नगरी भयो। पूर्वअर्थमन्त्री तथा पूर्वमुख्यसचिवलाई राजदूत नियुक्ति गरेको भन्दै प्रचण्डलगायतका नेताहरु असन्तुष्ट थिए। सचिवालय बैठकमा आलोचना गर्ने रणनीति बनाए पनि बैठक बस्न सकेन। 

कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो। ओली समूहका कार्यकर्ता र चण्ड समूहका कार्यकर्ता बीच झडप भयो। मृतक प्रचण्ड समूहका हुन्। त्यसैले चौरसियाको हत्याको दोषीमाथि कारबाही गर्न प्रचण्डले सरकारसँग माग गरे।  गर्दै प्रचण्डले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

जघन्य अपराधमासमेत सम्बन्धित निकायले मुद्दा दर्ता गर्न आनाकानी गरेकोप्रति आश्चर्य व्यक्त गर्दै विज्ञप्ति निकाले। ‘दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु’, प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ।’

तर सरकारले प्रचण्ड पक्षले दिएको किटानी जाहेरी समेत लिन मानेक छैन। यही बीच स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री मातृका यावदसहित ३७ जना नेता कार्यकर्ताले हस्ताक्षरगरी पर्साको मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरेका छन्। 

अघिल्लो बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरे। उक्त भेटलाई लिएर पनि प्रचण्ड असन्तुष्ट छन्। प्रचण्ड निकटस्थ नेकपाकै केही नेताले सार्वजनिक रुपमा उक्त विषयमा असन्तुष्टि जनाएका छन्। source:nepallive

शीर्ष समाचार

धेरै पढिएको