March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएका थिए ‘रअ’ प्रमुख : शंकर पोखरेल

काठमाडौैं–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशवाहकका रुपमा ‘रअ’ प्रमुख नेपाल आएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले भारतीय प्रधानमन्त्रीको सन्देश लिएर रअ प्रमुखले प्रधानमन्त्री केपी ओलीलाई भेटेको खुलासा गरेका हुन्।

‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो ’ पोखरेलले भनेका छन्‘ विरोधको योजना हो या नियती? वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौ ।’ नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् भन्दै पोखरेलले कामना गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले रअ प्रमुख सामन्तकुमार गोयललाई भेटेको सार्वजनिक गरेपछि नेकपाभित्रबाटै नेताहरुले विरोध गरेका छन्।nepallive

शीर्ष समाचार

धेरै पढिएको