July 22, 2024, Monday
KN hd tv

अमेरिकामा चुनावको १० दिनअघि नै ५० मिलियनले गरे ‘अर्ली भोटिङ’

काठमाडौं- अमेरिकामा राष्ट्रपति चुनाव आउन अब दस दिन बाँकी रहेको छ। तर चुनावको मुख्य दिन नोभेम्बर ३ आउनु अगाडि नै झण्डै ५० मिलियन बढी अमेरिकनले मतदान गरिसकेका छन्। उनीहरुले हुलाकमार्फत मतपत्र पठाएर र अर्ली भोटिङमा उपस्थित भएर मतदान गरेका हुन्।

अमेरिकामा चुनावको दिनमा उपस्थित हुन नसक्नेहरुले हुलाकबाट मतपत्र पठाएर र अर्ली भोटिङमा उपस्थित भएर मतदान गर्नसक्ने प्रावधान रहेको छ।

कोरोनाको महामारीका कारण यसपटक ठूलो संख्यामा अमेरिकनले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन्। जसका कारण चुनावको नतिजा आउन कैयन दिन लाग्ने अनुमान गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको