October 27, 2024, Sunday
KN hd tv

जनकपुरमा दुर्गाको प्रतिमामा आँखा उघार्ने विधि सम्पन्न

जनकपुरधाम– मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा शुक्रबार आँखा उघार्ने विधि सम्पन्न भएको छ। मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गा पूजा गरिने परम्परा रहेका कारण सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको स्थापना गरिने चलन रहेको छ।

मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन। आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ। यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ। यसअन्तर्गत बेलका रूखको एउटै हाँगाको फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ।

सो क्रममा विधिका लागि तय गरिएको बेलको रूखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद, भजन गाउँदै पुग्ने परम्परा रहेको छ। सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ। शिवपार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ।

पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ, जसलाई पूर्ण आकारको दुर्गाको जन्म भएको मानिन्छ।rss

शीर्ष समाचार

धेरै पढिएको