September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

कांग्रेस नेता खड्काले गरे भत्ता फिर्ता

काठमाडौं, कात्तिक, ३ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद डा. नारायण खड्काले दशैं भत्ता फिर्ता गरिदिन संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । संघीय संसदका महासचिवलाई सोमबार पत्र पठाउँदै सांसद खड्काले देश चरम आर्थिक संकटमा रहेका बेला भत्ता लिने काम राजनीतिक र नैतिक दुवै दृष्टीकोणबाट उपयुक्त नभएकाले भत्ता नपठाउन र पठाएको भए पनि कट्टा गर्न भनेका छन् । अघिल्लो वर्ष मन्त्रीपरिषदले निर्णय गरेर सांसदहरुलाई दशैं भत्ता दिन थालिएको थियो । डा. खड्काले आफुले भत्ता पाउने बारे संचार माध्यममा खबर आए पछि मात्र थाहा पाएको उल्लेख गरेका छन् । उनले यस अघि राष्ट्रिय योजना आयोग उपाध्यक्ष हुँदा पनि माओवादी द्धन्द पीडित तथा पछिल्लो पटक मन्त्री हुँदा होस् वा सांसद हुँदा कहिले भुकम्प पीडित तथा कहिले दिर्घ रोगीहरुलाई आफ्नो तलबको आधा तलब दिंदै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको