October 27, 2024, Sunday
KN hd tv

टीकापुरमा एकै दिन ११ भवन उद्घाटन

कैलाली–कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ। पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा सहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटनसहित हस्तान्तरण गरेको हो । नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, सहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई प्राथमिकता दिएर निर्माण गरेको हो ।

वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन् भने सहरी स्वास्थ्य केन्द्र संघीय सरकारको सशर्त अनुदानबाट निर्माण गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए। यस्तै कुन्ती टोलको दलित बस्तीमा निर्माण गरिएका आठ घर तराई–मधेस समृद्धि कार्यक्रम र टीकापुर नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएका हुन् ।

यी सबै संरचना रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएका इञ्जीनियर नवराज जोशीले जानकारी दिए। ‘यी सबै संचरनाको रकम जोड्दा रु दुई करोड खर्च भएको छ’, जोशीले भने, ‘भवन निर्माणकार्य समयमै सम्पन्न भएका छन्।’

शीर्ष समाचार

धेरै पढिएको