July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

उदयपुरमा दुर्घटना पाँचजनाको मृत्यु, तीन घाइते

काठमाडौं – उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। 

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेका छन्। अन्य ३ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको