July 27, 2024, Saturday
KN hd tv

आज थपिए ४३९२ जना कोरोना संक्रमित, २१ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय २२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८८ हजार ४० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २५ हजार ४६ रहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय १५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको