October 27, 2024, Sunday
KN hd tv

सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु सप्तरीमा

राजविराज – हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको  इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।

मृतक हकिम स८प ८४८१ नं को मोटरसाइकलमा पछाडी सवार थिए। उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन्। 

शीर्ष समाचार

धेरै पढिएको