October 27, 2024, Sunday
KN hd tv

गायक प्रेम सापकोटा ‘सोनु’को तिहार विशेष गित ‘भाईटिका’ सार्वजनिक

काठमाडौँ – लोक गायक प्रेम सापकोटा ‘सोनु’ ले आफु विदेशमा भएर तिहारमा दिदी बहिनीको हातबाट टिका लगाउन नपाउदाँको पिडालाई प्रस्तुत गर्दै नयाँ तिहार गित ‘भाईटिका’ सार्वजनिक गरेका छन् ।

गायक सापकोटाले ‘भाईटिका’ बोलको गीत ;प्रेम सापकोटा सोनु’ युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

आफ्नै स्वर, शब्द संगीतमा तयार पारिएको उक्त गीतमा तिहारमा दिदीबहिनीको महत्व, तिहारमा दिदीबहिनीले दाजुभाईलाई टिका लगाएर दिइएको आर्शिवाद अनि आफु विदेशी भूमिमा पिडामा भएर आफ्नो दुःख बहिनीलाई सुनाउन नपाएको र मन दुखेको कुरा गित मार्फत प्रस्तुत गरिएको छ ।

उक्ता गीतको म्युजिक भिडियोमा गायक सापकोटा र उहाँको बहिनी सरिता सापकोटाले अभिनय गरेका छन् ।

कलाकारीता क्षेत्रबाटै आफुलाई परिचित गराउँदै आउनुभएको सापकोटा अहिले जापानमा हुनुहुन्छ ।

गित र पूरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

शीर्ष समाचार

धेरै पढिएको