March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

मन्त्रिपरिषद् पुनर्गठन ओलीको अहंकारको उपज: पूर्वमन्त्री यादव

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारको उपज भएको बताएका छन्।

विवाद समाधान कार्यदलले दिएको सुझाव अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि प्रधानमन्त्रीको अहंकारले एकलौटी रुपमा पुनर्गठन गरिएको आरोप यादवले लगाए। मन्त्रिपरिषद पुनर्गठन पार्टी स्थायी कमिटी र सचिवालय बैठकको निर्णयबमोजिम गर्ने भनिए पनि प्रधानमन्त्रीले त्यसलाई पूरै लत्याएको यादवले बताए।

कुनै पनि व्यक्ति भित्रैदेखि महसुस नभए कहिल्यै नसच्चिने यादवले दाबी गरे । ‘हाम्रो गाउँघरतिर एउटा भनाइ छ–मान्छेको कुनै कमीकमजोरी छ भने त्यो सच्चिन सक्छ, यदि प्रवृत्ति नै त्यस्तै हो भने सच्चिन निक्कै कठिन हुन्छ,’ यादवले भने, ‘आफू भित्रैदेखि सच्चिनु पर्छ। मेरो गल्ती भयो भनेपछि न सच्चिने हो। त्यो ओली कमरेडलाई सच्चिनु पर्छ भन्ने कहिलै लाग्दैन।’

प्रधानमन्त्री ओलीलाई संसारकै सबैभन्दा जान्नेसुन्ने आफैंमात्रै छु भन्ने दम्भ र घमण्ड भएको यादवको टिप्पणी छ। ‘प्रधानमन्त्री ओलीले कसैलाई मान्छे गन्नुहुन्न मैलेजति संसारमा कसैले जानेको छैन। जान्नु सुन्ने हुँ, मबाहेक अरु कोही छैन भन्ने छ’, यादवले भने, ‘पार्टीमा ओली प्रवृत्तिविरुद्ध एकजुट भई नलडेसम्म सच्याउन सकिदैन।’

पार्टीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले ठोस योजना ल्याएर ओली प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने यादवले बताए।

शीर्ष समाचार

धेरै पढिएको