October 27, 2024, Sunday
KN hd tv

विश्वभर एकै दिन ३ लाख ८१ हजारमा संक्रमण

काठमाडौं – विश्वभर ३ करोड ८७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ४६६ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ४३ हजार ८६४ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ९१ लाख २३ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८३ जनाको मृत्यु भएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९६ हजार ८७६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८१ लाख ५० हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख  ५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ४१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३४ हजार जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको