July 27, 2024, Saturday
KN hd tv

आजदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अत्यावश्यक बाहेकका सेवा नपाइने

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, “संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”

कार्यालयले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउने जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको