October 27, 2024, Sunday
KN hd tv

निर्मला काण्ड : पत्रकार खेम भण्डारीको मुद्दाको सुनुवाइ हुँदै, दोषी ठहरे ३ वर्षसम्म कैद हुन सक्ने

काठमाडौं-२०७५ साउन १० गते कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा जथाभावी बोलेको, समाचार लेखेको तथा सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको आरोपमा मुद्दा खेपेका पत्रकार खेम भण्डारीविरुद्धको मुद्दा सुनुवाइ सोमबार हुने भएको छ।

कन्चनपुर जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको इजलाशमा मानसखण्ड दैनिकका पत्रकार भण्डारीको पेशी तोकिएको छ।

भण्डारीविरुद्ध मृतक निर्मला पन्तका साथी बम दिदीबहिनी (रोशनी र बबिता), महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष, तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण र वकिल विनोद भट्टले गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए। 

तीमध्ये अहिले बम दिदीबहिनी बाहेकले दायर गरेको गाली बेइज्जतीको मुद्दाकाे सुनुवाइ हुने भएको हो।

मुलुकी अपराध संहिताको दफा ३०६ मा कसैले कसैको गाली बेइजती गर्न नहुने उल्लेख गरिएको छ। सोही दफाको (क) मा लेखिएको छ, ‘अरुको इज्जतमा धक्का पुर्‍याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानी जानी वा विश्वास गर्ने मनासिव कारण भई लेखेर, आचरण, आकार वा चिन्ह प्रचार प्रसार गरेर वा अरु कुनै किसिमबाट कसैको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातीलाई होच्याएमा चरित्र हत्या गरेको ठहर्छ।’

यसरी गाली बेइज्जती गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

पत्रकार भण्डारीको हकमा भने सामाजिक सञ्जालमार्फत् गाली बेइज्जती गरेको भन्दै उजुरी परेकाले थप एक वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ। गाली बेइज्जती विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष गरी तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने प्रावधान छ। 

एसपी विष्टका छोरा किरणले सामाजिक सञ्जाल र मानसखण्ड अनलाइनमार्फत् आफूविरुद्ध हुँदै नभएका कुरा लेखेर गाली बेइज्जती गरेको भन्दै पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए। विष्टले दायर गरेको मुद्दामा लेखिएको छ, ‘पत्रकार भण्डारीले फेसबुक र अनलाइनमार्फत् आफूविरुद्ध गाली बेइज्जती गरेकाले आफ्नोे इज्जतमा धक्का पुगेको, व्यक्तिगत एवं पारिवारिक चरित्र, आचरण, नैतिकतामा असर परी मेरो सामाजिक प्रतिष्ठामा गम्भीर प्रभाव परि मेरो शैक्षिक, सामाजिक जीवनमा असर पुगेको छ।’

पत्रकार विष्टले फेसबुकमा किरणलाई लक्षित गर्दै, ‘किन यस्तो गल्ती गर्छौ बाबै। अनि बर्थ डे पार्टी नै डिलेट गरेको फेसबुकबाट? इट वाज अ बर्थ डे पार्टी’ भन्दै स्टाटस लेखेका थिए।nepallive

शीर्ष समाचार

धेरै पढिएको