October 27, 2024, Sunday
KN hd tv

कर्णाली सरकारविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याउन उपसभामुखसहितका सांसदले गरे हस्ताक्षर

सुर्खेत –  कर्णाली प्रदेश सरकारका विरुद्ध सत्तापक्षका सांसदहरुले नै कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नका लागि हस्ताक्षर गरेका छन्।

उपसभामुखसहित जम्मा ३३ जना सांसद रहेको सत्तापक्षकै १८ जनाले हस्ताक्षर गरेका छन्। साविकको माओवादीले नेतृत्व गरेको प्रदेश सरकारविरुद्ध तत्कालीन माओवादीका सांसदहरुले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।  साविकको माओवादीबाट उपसभामुख भएकी पुष्पा घर्ती विष्टले पनि हस्ताक्षर गरेको जनाइएको छ ।

बहालवाला मन्त्री बाहेक साविकका एमालेका सबै प्रदेशसभा सदस्य रहेका छन भने तत्कालिन माओवादीबाट उपसभामुख पुष्प घर्ती विष्ट, ठम्मर विष्ट र धर्मराज रेग्मीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।  यसभन्दा अघि पनि पटक पटक मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्ध अविश्वासको प्रस्ताव हाल्ने प्रयास गरिएको थियो । 

उपसभामुख पुष्पा घर्ती विष्टले अविश्वासको प्रस्तावमा छलफल गरेको बताईन् । ‘संसदीय दलमा दर्ता भएको होला, मैले पनि हस्ताक्षर गरेको हो’ उनले भनिन् । प्रदेश सभा सदस्य सुशिल थापाले फेसबुकमा स्टाटस लेख्दै यो अवस्थामा कर्णाली सरकारलाई साथ दिन नसकिने बताएका छन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने आन्तरिक छलफलमा जुटेका छन् । संसदीय दलका सचेतक गुलाबजंग शाह, केन्द्रीय यामलाल कँडेल, चन्द्रबहादुर शाही लगायतका नेतासंग छलफल गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको