October 27, 2024, Sunday
KN hd tv

भारतीय कोठीमा नेपाली युवती बेच्ने पक्राउ

काठमाडौं– भारतीय कोठीमा नेपाली चेली बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले कोठीमा युवती बेचेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो।

तामाङलाई ब्यूरोको टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरेको हो। तामाङले न्यून आर्थिक अवस्था र अशिक्षित २० वर्षीया युवतीलाई राम्रो तलव र सुविधा हुने भन्दै झुक्याएर बेचेका थिए। ती युवतीलाई मुम्बईस्थित कोठीमा लगेर बेचिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको