October 27, 2024, Sunday
KN hd tv

यी चार खाना, जसले तौल घटाउन मद्दत गर्छन् !

केही यस्ता खाद्य पदार्थ छन् जसले तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस गराउनुका साथै भोक नियन्त्रित गरेर स्वस्थ तौल बनाउन मद्दत गर्छ । यहाँ यस्तै चार खानाबारे कुरा गरिएको छ जसले तौल कम गर्नुका साथै बारम्बार भोक लाग्नबाट जोगाउँछ ।

अण्डाः

अण्डाले भोक कम लगाउनुका साथै यो प्रोटिनको एउटा राम्रो स्रोत पनि हो जुन तौल कम गर्नका लागि परिचित छ । एउटा ठूलो उसिनेको अण्डामा सयभन्दा पनि कम क्यालोरी हुन्छ । अण्डा बनाउन निकै सजिलो छ र यो छिटो पनि बन्छ । यसले तपाईंलाई जङ्क फूडबाट पनि टाढा राख्छ । यसलाई तपाईंले बिहानको खानामा समावेश गर्न सक्नुहुन्छ । यसले तपाईंलाई दिनभरी ऊर्जावान् पनि राख्छ जसका कारण तपाईं पूरा दिन सक्रिय रहनुहुनेछ ।

सलादः

सलाद सधैं एक स्वस्थ विकल्प हो विशेषगरी त्यतिबेला जब प्रत्येक बाइटमा क्यालोरीको खपतको गन्ती गरिँदैछ भने । धेरैजसो सब्जी फाइबरयुक्त हुन्छ जुन सलादको रुपमा प्रयोग गर्ने गरिन्छ । तपाईं आफ्नो रुची अनुसारको सब्जीलाई मिसाउन सक्नुहुन्छ र एक कचौरा सलाद खान सक्नुहुन्छ । अर्थात्, खाना खानुअघि एक कचौरा सलाद खान सक्नुहुन्छ ।

चिया सिड्सः

चिया सिड्स हालको समयमा तौल घटाउनका लागि सबैभन्दा लोकप्रिय खाद्य पदार्थमध्येको एक हो । चिया सिड्समा फाइबरको अत्यधिक मात्रा पाइन्छ जसले तपाईंलाई छिटोछिटो भोक लाग्न दिँदैन । जसका कारण तपाईंको तौल कम हुने गर्छ । त्यसैले यसको उत्कृष्ट परिणामका लागि आफ्नो नियमित आहारको हिस्सा बनाउनुहोस् ।

मुसुरोको दालः

दाल स्वस्थ हुन्छ किनभने यसमा फोलिक एसिड, आइरन, पोटासियम, थायमिन र म्याग्नेसियम भरपुर मात्रामा हुन्छ । यसमा प्रोटिन र फाइबर पनि उच्च मात्रामा हुन्छ जसले कुशलतापूर्वक भोको भावनासँग लड्ने गर्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुने गर्छ । यो अन्य दालको तुलनामा पकाउन पनि सहज हुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको