विदेशमा थप १७ नेपालीको कोरोनाबाट ज्यान मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन २५
काठमाण्डौ – कोरोना सङ्क्रमणबाट विदेशमा कार्यरत थप १७ जना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कोरोना महामारी सुरु भएपछिका ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ ।
शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपालीमा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३६ हजार ६ सय ७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
शीर्ष समाचार
- नेपालमा लगानी बढाउन इटालीलाई उद्योगमन्त्रीको आग्रह
- केपी ओली : नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्छ
- हिजाे बढेकाे शेयर बजार आज १७ अङ्कले घट्यो
- ‘भैँसी चढेर आउनु परेको’ शब्द संसद्को रेकर्डबाट हटाइयो
- प्रधानमन्त्री प्रचण्ड : ‘भारत भ्रमणमा अपमानित महसुस गरिन’
धेरै पढिएको
-
वर्षाका कारण रोकिएको आईपीएल क्रिकेटको फाइनल खेल आज
२०८० जेष्ठ १५ -
नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक
२०८० जेष्ठ १५
प्रतिकृया दिनुहोस्