October 27, 2024, Sunday
KN hd tv

सरकार-केसी वार्तामा , सहमति जुटे आजै अनसन तोड्ने

काठमाडौं – चिकित्सा क्षेत्र सुधारको माग राख्दै १९ औँ पटक अनशन डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको छ। हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको वार्ता आज पुन: बस्ने भएको हो।

वार्तामा डा. केसीले उठाएका मागका विषयमा छलफल भएको थियो। छलफलले डा. केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारिएको थियो। तर अन्तिम निष्कर्षमा भने पुग्‍न नसकेपछि आज फेरि वार्ता बस्न लागेको हो।  गएराति अबेरसम्म भएको वार्ता सकारात्मक भएपछि आज पनि वार्तालाई निरन्तरता दिन लागिएको हो।

आजको छलफलको समय भने तय भइनसकेको डाक्टर केसीको तर्फबाट वार्ता टोलीका संयोजक डाक्टर जीवन क्षेत्रीले जानकारी दिए। हिजो चरण चरणमा भएका वार्तामा डाक्टर केसीले उठाएका माग सम्बोधनका लागि बुँदागत रुपमा छलफल भएको थियो। प्रायः सबै बुँदामाथिको छलफल सकारात्मक रहेकाले आज निष्कर्ष निकाल्ने गरी वार्ता हुने डाक्टर क्षेत्रीले बताए। डाक्टर केसीले उठाएका सबै मागमा बुँदागत छलफल भएको छ, डाक्टर क्षेत्रीले भने, ‘आज सकेसम्म निष्कर्षमा पुग्ने प्रयास गर्नेछौं ।’ आज सहमति भए डाक्टर केसीले आजै अनशन तोड्ने पनि बताए। केसीले ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको चन्दनाथबाट १९ औं अनशन सुरु गरेका थिए। त्यहाँबाट काठमाडौं ल्याइएका डाक्टर केसीको अनशन त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज २६ औं दिन पनि जारी छ।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरिरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको