चन्द्रागिरिमा कोरनाबाट ५ को मृत्यु, ५५१ संक्रमति
बागमति प्रदेशको सबैभन्दा ठुलो नगरपालिका चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढेको छ । पछिल्लो तथ्याङक अनुसार सो नगरपालिकामा संक्रमितको संख्ष्या ५ सय ५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाका रहेको चन्द्रागिरिमा बिहीबार मात्र १३ सङ्क्रमित थपिएका ह्न । सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् सबै भन्दा कम वडा २ मा आठ जना भेटिएका छन् । यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बजेट नै विनियोजन गरेर काम गरीरहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । नगरपालिकाभित्रका १० हजार व्यक्तिको पिसीआर परिक्षण गरिसकिएको पनि नगर प्रमुख गिरिले बताए ।
प्रतिकृया दिनुहोस्