October 25, 2024, Friday
KN hd tv

प्रदेश ५ राजधानी विवादः देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

दाङ – नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।

आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङको देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो । प्रदेश सरकारले प्रदेशसभामा पेस गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिनुभयो । नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उहाँले बताउनुभयो ।

कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको