December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

ट्रम्पको अवस्थामा सुधार

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्थामा सुधार भइरहेकाले अस्पतालबाट सोमबारसम्म डिस्चार्ज हुने चिकित्सकहरुले बताएका छन्।

उपचारमा सलग्न डा. सिन कोन्लेले कोरोना पुष्टि भएयता राष्ट्रपतिको अक्सिजन लेभल २ पटकसम्म घटेको उल्लेख गर्दै उनलाई डेक्सामेथासोन नामक स्टेरोइड दिइएको जानकारी दिएका छन्। यस्तै उनलाई एकपटक अक्सिजन दिइएको छ। 

७४ वर्षीय उनलाई मोटोपनका कारण कोभिडको उच्च खतरा रहेको बताइएको थियो। शुक्रबार उनलाई मिश्रित औषधियुक्त इन्जेक्सन दिइएको थियो भने ५ दिनको एन्टीभाइरल औषधि रेमडेसिभिर चलाइएको थियो।

यसैबीच, अस्पतालबाहिर जम्मा भएका समर्थकलाई भेट्न ट्रम्प थोरै समयका लागि अस्पतालबाहिर निस्किएका छन्। ट्वीटमा ‘सरप्राइज भिजिट’ गर्ने उल्लेख गरेको केहीबेरमै उनी मोटरकारगेडमा  मास्क लगाएर निस्किएका थिए।

शीर्ष समाचार

धेरै पढिएको