July 27, 2024, Saturday
KN hd tv

आज थप २२५३ जनामा कोरोना पुष्टि, १३२९ जना संक्रमणमुक्त

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६४ हजार ६९ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या ११ हजार ८ सय ९३ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको