October 25, 2024, Friday
KN hd tv

नेकपा सचिवालय बैठक भाेलिका लागि बाेलाइयाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (भोलि) का लागि बोलाइएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा शनिबार दिउँसो ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भइरहँदा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरि मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तिसम्बन्धी महत्त्वपूर्ण निर्णय एकलौटी गरेकाे भन्दै नेताहरु असन्तुष्ट भएका हुन् ।

सरकारले बिहीबार शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको