धरानमा थप एक कोरोना संक्रमितको निधन
- Khabar Nirantar
- २०७७ आश्विन १५
धरान – धरानमा थप एक जनाको कोरोना संक्रमितका कारण ज्यान गएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो ।
विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति साढे ९ बजे भर्ना भएको र अस्पताल ल्याउँदा नै संक्रमितको अवस्था गम्भीर भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
प्रतिकृया दिनुहोस्