July 26, 2024, Friday
KN hd tv

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

काठमाडौँ– नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

आजै १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको