October 25, 2024, Friday
KN hd tv

आज थपिए १५५९ कोरोना संक्रमित, १ हजार ५६ जना डिस्चार्ज

काठमाडौँ –  नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५६ हजार४ सय २८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १० हजार ८ सय ४ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ९८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको