June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

ओली–प्रचण्ड वामदेवबारे संवैधानिक इजलासको निर्णय पर्खिँदै

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपाध्यक्ष वामदेव गौतमबारे संवैधानिक इजलासले गर्ने फैसलालाई पर्खिएका छन्।

बुधबार पुनः दुई अध्यक्ष भेट्ने समय तय भए पनि गौतमको निर्णयलाई पर्खिएकाले स्थगित भएको प्रधानमन्त्रीनिकट एक नेताले बताए। गौतमको मुद्धा किनारा लागेपछि मात्र मन्त्रिपरिषद पुनर्गठनको छलफल जारी हुने भएको हो। 

गौतमले निर्वाचनमा हारे पनि राष्ट्रिय सभामा सिफारिस भएको भन्दै गत असोज ५ गते सर्वोच्च अदालतमा मुद्धा परेको थियो। त्यहीँ मुद्धाको विषयमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। 

मन्त्रिपरिषद पुनर्गठनकै विषयमा ओली र प्रचण्डले लगातार पाँच दिन छलफल गरिसकेका छन्।

शीर्ष समाचार

धेरै पढिएको