July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

वैदेशिक रोजगार विभागका कर्मचारीमा कोरोना संक्रमण, श्रम स्वीकृति बन्द

काठमाडौँ – कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचलको सबै सेवा बन्द गरिएको छ ।

विभगाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको जनाएको छ । सहकर्मीमा कोरोना संक्रमण देखिएपछि विभागमा कार्यरत कर्मचारी पनि कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन् ।

गत फागुन २९ गतेबाट बन्द रहेको श्रम श्रीकृति असार १८ गतेबाट सरकारले खुला गरेको थियो । श्रम स्वीकृति बन्द भएपछि वैदेशिक रोजगारीमा जाने युवा समस्यामा परेका थिए । त्यस्तै सरकारले भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको