June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

वासिंटन– सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ। जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो।

यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर गरिएको हो।  

चीनको आर्थिक वृद्धि दरमा कोरोना भाइरसको महामारीका कारण घरेलु खपतमा आएको कमी र कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रमा अपेक्षाकृत सुधार भने हुन सकेको छैन। विश्व बैंकले पूर्वी एसिया र प्रशान्त क्षेत्रको अक्टोबर २०२० को आर्थिक अपडेटमा उक्त प्रक्षेपण गरेको हो।

यस क्षेत्रका बाँकी क्षेत्रहरुमा भने वृद्धिदरमा ३.५ प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ। समग्रमा यस क्षेत्रमा सन् २०२० मा ०.९ प्रतिशतमात्र बढ्ने अनुमान गरिएको छ। जुन सन् १९६७ पछिको न्यूनतम वृद्धिदर हो। 

विश्व बैंकले आर्थिक वृद्धिबारे गरेको अर्धवार्षिक अपडेटमा सन् २०२१ मा यस क्षेत्रको सम्भावना उज्ज्वल रहेको बताएको छ। प्रक्षेपणमा पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर ०.५ प्रतिशत रहने पनि उल्लेख गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको