December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

कोरोना परीक्षण गर्न टेकु अस्पतालमा भारतीयको भीड

काठमाडौं – उपत्यकामा निषेधाज्ञा सकिएसँगै मानिसहरु उपत्यका आउने क्रम बढ्दै गएको छ। जसले गर्दै उपत्यकामा कोरोना भाइरस ( कोभिड-१९) को संक्रमण पनि बढ्दै गएको छ।

उपत्यकामा मानिस भित्रिने क्रम बढेसँगै पिसिआर परिक्षण गर्न अस्पताल धाउनेको संख्या पनि बढ्दै छ। पछिल्लो समय उपत्यका भित्रिने धेरै भारतीय नागरिक छन्। तराईका जिल्लाबाट पनि उत्तिकै नेपाली नागरिक आइरहेका छन्। सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आरटी पिसिआर परीक्षण गराउने ८० प्रतिशत भारतीय नागरिक छन्।

एकातिर उपत्यकामा निषेधाज्ञा पूरै खुला भएको छ भने अर्कातिर तराईका जिल्लामा पिसिआर परीक्षणका लागि स्वाब संकलन न्यून मात्रामा हुने गरेको छ। त्यहीकारण टेकु अस्पतालमा भीड बढेको हो। टेकुमा पिसिआर निशुल्क परीक्षण हुने गरेको छ।  अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले पिसिआर परीक्षण गराउन आउनेमा ८० प्रतिशत भारतीय नागरिक रहेको बताए।

उनका अनुसार त्यसमा केही संख्या तराई जिल्लाका नेपाली नागरिकको छ। सयौँको संख्यामा अस्पताल पुगेका मानिसहरु १६ घण्टासम्म लाइनमा बसेर पिसिआर परीक्षणका लागि नमुना दिने गर्छन् । नेपालबाट भारत रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरु गइरहेका बेला भारतबाट पनि रोजगारीका लागि ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेका छन्।

खतिवडाका अनुसार विगत पाँच-६ दिनदेखि अस्पतालमा पिसिआर परीक्षण गराउन आउने भारतीय र तराईका नागरिकको अव्यवस्थित भीड लाग्न थालेको हो। ‘पिसिआर परीक्षण गर्न आउने संख्या बढेसँगै हामीले दैनिक तीन सयको क्षमताबाट बढाएर ६ सय पुर्‍याएका छौँ’, उनले भने। 

टेकु अस्पतालमा मात्रै ९०० देखि १२ सय जनाले पिसिआर परीक्षणका लागि टिकट लिएका थिए । उनीहरुमध्ये करिब ५०० भारतीय नागरिक थिए। बाँकी तराईका जिल्लाका तथा न्यून मात्रा उपत्यकावासी छन्। 

शीर्ष समाचार

धेरै पढिएको