March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
KN hd tv

बुधबार थपिए ११७२ कोरोना संक्रमित, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय ९३जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४९ हजार ९ सय ५४ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ३६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको