October 25, 2024, Friday
KN hd tv

काठमाडौंबाट हेटौंडा जाँदै गरेको जीप र मोटरसाइकल पहिरोले पुर्‍यो

काठमाडौं – कुलेखानी–हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिकै पहिरोले एउटा स्कर्पियो र मोटरसाइकल पुरेको छ। 

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो र एउटा मोटरसाइकल पुरिएको प्रहरीले जनाएको छ। स्कर्पियोका चालक च्यापिएको अवस्थामा देखिएका छन् भने पहिरोले पुरिएका कारण गाडीमा अरु यात्रु भए नभएको थाहा नभएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। ठूलठूला ढुंगा खसेकाले स्काभेटर नआइ उद्दार गर्न र पहिरो पन्छाउन नसकिने उनले बताए।

उनका अनुसार पहिरो पन्छाउन अझै दुई÷तीन घण्टा लाग्ने अनुमान गरिएको छ। मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। 

शीर्ष समाचार

धेरै पढिएको