October 25, 2024, Friday
KN hd tv

देशभर १ हजार १५४ जना कोरोना संक्रमित थपिय

काठमाडौँ- आज देशभर १ हजार १५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना छन् । डिस्चार्ज हुने संक्रमितको संख्या ४७ हजार २३८ पुगेको छ ।

यस्तै आज देशभर ११५४ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै देशभर मृतकको कुल संख्या ४२७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको