July 22, 2024, Monday
KN hd tv

नेपालमा सोमबार ११ सय ५४ कोरोना संक्रमित थपिए

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४७ हजार २ सय ३८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । 

शीर्ष समाचार

धेरै पढिएको