September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

जुम्ला- अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि जबरजस्ती अस्पतालमा भर्ना गरिएको छ ।

डा. केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको हो। करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि भन्दै जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए।

‘डा‍. केसीले अस्पताल जान मानेका थिएनन् । जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा विगत अनसनमा रहेका उनलाई प्रहरीले जबर्जस्ती अस्पताल लगेको हो’, कार्कीले भने ।

डा. केसीको मागमा समर्थन गर्दै जुम्लाका युवाहरुले दीप प्रज्वलनदेखि हस्ताक्षर कार्यक्रम गरेका छन् । डा. केसीको निगरानी गर्न चारजना चिकित्सकको टोली खटाइएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

उनकाअनुसार प्रतिष्ठानमा लगिएका केसीले स्लाइन लिन र पेसर चेकजाँच गर्न पनि मानेका छैनन् । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

शीर्ष समाचार

धेरै पढिएको