October 25, 2024, Friday
KN hd tv

कोभिड १९ पछिको सवाल – कृषिमा आत्मनिर्भर नेपाल

१. परिचय
नेपालको अर्थतन्त्र कृषिमा निर्भर रहेको छ।कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेकोले पनि यो कुराको पुष्टाई गर्दछ। नेपालमा अधिकांस मानिसहरु ९६६ प्रतिशत० कृषि पेशामा आवद्ध रहेको र कृषि क्षेत्रबाट नै आयआर्जन र जिविकोपार्जन गरिरहेको यथार्थलाई कसैले पनि ईन्कार गर्न सक्दैन।कृषि क्षेत्रको विकास र विस्तार बिना समाजको कल्पना गर्न सकिने सम्भावना कम रहेको छ। नेपालको संविधान, २०७२ को धारा ३६ मा खाद्य सम्प्रुभतालाई मौलिक हकको रुपमा उल्लेख गरेकोले पनि कृषि क्षेत्रको महत्व र संवेदनशिलतालाई उजागर गर्दछ।विभिन्न समयमा नेपाल सरकार वाट जारी भएको नीति, ऐन, नियमावली र अन्तराष्ट्रिय मञ्चमा गरिएका सन्धी सम्झौता र प्रतिवद्धताको परिपालना गर्न र सोही बमोजिम कृषि क्षेत्रलाई अगाडी वढाउनु आजको टड्कारो खाचो हो।कृषि उत्पादकत्वलाई पाचँ वर्षमा दोव्वर वनाउने, दिगो विकास लक्ष्यले कल्पना गरेको २०३० सम्ममा विश्वलाई भोकमरी मुक्त वनाउने अभियान र २० वर्षे कृषि विकास रणनीतिले अवलम्वन गरेको उद्देश्य पुरा गर्नु संघीय तथा प्रादेशिक सरकारको मूख्य चुनौति हो।नेपालको भौगोलिक वनावट समाजिक, आर्थिक, राजनैतिक, सास्कृतिक परिवेश, भू( राजनैतिक धरातल र विश्वव्यापीकरणले श्रृजना गरेको अवस्थालाई लाई समेत मध्यनजर गर्दै समग्र कृषि क्षेत्रको विकास गर्न ठोस पहल गर्नु सरकारको दायित्व हो। प्रचुर सम्भावना र अवसार हुदाँ हुदै पनि कृषि क्षेत्रमा अपेक्षित उपलव्धी हासिल गर्न नसक्नुले कतै न कतै समस्याहरु छ भन्ने कुरालाई स्थापित गरेको छ। गरिवि न्यूनिकरण, खाद्य र पोषण सुरक्षाका साथै अर्थतन्त्रमा सूधार गर्न कृषि क्षेत्रको विकासवाट मात्र सम्भव छ भन्ने मान्यतालाई अनुशरण गर्दै उच्च मनोवलका साथ महत्वकांक्षी योजना बनाएर काम गर्न जरुरी छ।
एकातिर कृषि, पशुपालन र मत्स्य क्षेत्रको विकास क्रम सँगै उत्पादन र वजारीकरणमा विभिन्न किसिमका चुनौति र अप्ठ्यारा हरु कृषकहरुले सामना गर्नुपरेको कुरा सुन्दै र देख्दै आइरहेका छौ भने अर्कोतर्फ भुकम्प, वाढीपहिरो, अनावृष्टि, अतिवृष्टि र जलवायू परिवर्तन आदि प्राकृतिक प्रकोपवाट पुर्याएको क्षतिवाट पनि कृषकहरु दोहोरो मारमा परेको कुरामा हामी अनभिज्ञ छैनौ।कृषि क्षेत्रमा देखिने यस्ता प्रकारका चुनौतिलाई आकलन गरी समयमनै न्यूनिकरण गर्न पहल नगरे यसले निम्त्याउने परिणाम दुखःद हुनेछ।अनगिन्ति समस्या र चुनौतिमा रुमलिरहेको नेपाली किसानहरु माझ फेरी एकपल्ट अर्को नसोचिएको र प्रक्षेपण समेत गर्न नसकिने विश्वलाई नै चिन्तित बनाइरहेको महामारी रोग कोभिड १९ ले सताउन थालेको छ जसले कृषि क्षेत्रको भविश्यलाई नै अन्धकारमा धकेलिदिने होकि भन्ने चिन्ता किसानहरु र जनमानसमा छाएको छ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले मानवीय क्षतिका साथसाथै समाजको संरचनालाई समेत ध्वस्त बनाउदै कृषि क्षेत्रमा समेत नयाँ नयाँ चुनौती सृजना गरेको परिप्रेक्षमा कोरोना सँगसगै जुधेर कसरी कृषि प्रणालिलाई अझ शसक्त मजवुद र आर्थिक उपार्जनको अव्वल क्षेत्र स्थापित गर्न सकिन्छ र किसानहरुमा मर्दै गएको आकंक्षा, इच्छा, जोस र जागरलाई कसरी पुर्नजिवित गर्न सकिन्छ भन्ने विषयलाई समेटी यथार्थ र वस्तुपरक ढंगवाट यहाँ चर्चा गर्ने जमर्को गरिएको छ।
२. कोभिड १९ ले कृषिमा पारेको असरः
कृषि क्षेत्रको व्यवसायिकरण, यन्त्रिकिकरण र आधुनिकिकरण गर्न पुँजी र प्रविधिको संयोजनका साथ कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको विकास र विस्तारमा जुट्दै गरेको समयमा विश्वव्यापी महामारी कोभिड १९ ले नेपालको कृषि उत्पादन, वजारीकरण र आपूर्ति सञ्जाल लगायत क्षेत्रमा नकारात्मक असर पारेको छ। यस कारणवाट कृषक, व्यवसायी, सहकारी, निजी क्षेत्रले कृषिमा गरेको लगानी र सृजना भएको रोजगारी गुम्ने प्रवल सम्भावना देखिएको छ।कोरोनाको प्रभावले कृषकहरुवाट कहिले आफूले उत्पादन गरेको तरकारी विक्रि नभएर फालिएको त कहिले दूध सडकमा पोखाएको समाचारहरु सुन्न र देख्नु दैनिकि जस्तै बनेको समयमा स्थानिय तहकै सम्लग्नतामा तरकारीहरु पुरिएका कारुणिक दृष्य देख्दा थप असहज परिस्थित निर्माण हुने होकी भन्ने संका र चिन्ता रहनु स्वभावीक भएको छ। कोरोनाले निम्त्याउन सक्ने असरलाई थप विग्रन नदिनका लागि बागमती प्रदेशले सजगताका साथ कृषकको हितमा अनवरत रुपमा प्रभावको न्यूनिकारण गर्ने कार्यलाई निरन्तरता दिएको सवै सामू छर्लङ्गनै छ ।हाल कृषिमा कोभिड १९ ले पारेको असरलाई वुदाँगत रुपमा प्रस्तुत गरिएको छ।
२.१ नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहवाट सञ्चालन भएको आर्थिक वर्षको कार्यक्रमहरुको कार्यान्वयनमा असहजता आउँदा कृषकहरु सुविधावाट वञ्चित भएको।
२.२ कृषकहरु वाट उत्पादित तरकारी, फलफूल, खाद्यान्न, मह, माछा, दूध, मासु, अण्डा लगायतको विक्रि वितरणमा र आपूर्ति सञ्जालमा अवरोध हुदाँ करौडको क्षति व्यहोर्न परेको।
२.३ कृषि सम्वन्धि उद्योग, पूर्वाधार र प्रशोधन केन्द्र हरुको निर्माण एवं सञ्चालन हुन नसक्दा कृषि उपजहरुको वजारीकरणमा नकारात्मक असर उत्पन्न भएको।व्यवसायवाट समेत पलायन हुन सक्ने सम्भावना रहेको।
२.४ कृषकहरुलाई उत्पादन प्रयोजनको लागि आवश्यक पर्ने कृषि उत्पादन सामाग्री मल, बिउ, कच्चा पर्दाथ लगायतका अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति हुन नसक्दा उत्पादनमा ह्रास आएको।
२.५ लगानीको सुनिश्चितता हुन नसक्नु कोरोनाको प्रभाववाट कृषकहरु मनोवैज्ञानिक त्रासमा रहनु र सो प्रति राज्य मौन वस्दा कृषकहरुमा पेशा प्रतिको रुचि दिनदिनै घट्दै जान थालेको।
२.६ ढूवानीका साधनहरु निर्वाध सञ्चालनमा आउन नसक्दा र कोरोना महामारीको स्थितिको आकंलन गर्न असजिलो हुदाँ कृषकहरुमा थप लगानी गर्ने मनोवल कमजोर हुदै गएको।
२.७ कृषि पेशावाट रोजगारी गुम्दै जादाँ आर्थिक र समाजिक क्षेत्रमा थप चुनौति थपिदै जान थालेको छ।
२.८ कोरोनाको प्रभावले भविश्यमा खाद्य र पोषण सुरक्षामा समेत नकारात्मक असर पुग्ने र भोकमरीको अवस्थामा राज्य पुग्न सक्ने सम्भावना देखिएको छ।
२.९ तत्काल कृषि क्षेत्रमा नयाँ परियोजनाहरु सञ्चालन हुने सम्भावन न्यून हुदै गएको छ र लगानी समेत गर्न कृषकहरु इच्छुक नदेखिनु कोरोनाको प्रभाव हो भनेर वुझ्न सकिन्छ।
२.१० अन्तराष्ट्रिय व्यापार, लगानी, आयात निर्यातमा देखिएको असहज परिस्थितले पनि थप चिन्ता कृषकहरुमा परेको छ।
२.११ कृषकहरु अहिले घरवाट वाहिर निस्कन सकिरहेको छैनन् आफूले उत्पादन गरेको वस्तुलाई कम मूल्यमा विक्रि गर्न वाध्य भएका छन्।श्रमको उचित मूल्य नपाउदाँ कृषक वर्गमा एक प्रकारको वितृष्णा उत्पन्न भएको छ।
३ . कृषि क्षेत्रमा परेको असर न्यूनिकरणका लागि गर्नुपर्ने तत्काल, अल्पकालिन र दिर्घकालिन सोच
कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त वनाउछ भन्ने कुरा सायद थोरैलाइ मात्र जानकारी थियो होला। सोचिएको थिएन तर पनि कोभिडको चपेटामा हामी सवै परेका छौ।यसले सवै क्षेत्रलाई धेरै थौरै असर र प्रभाव पारेको छ र अझ कति पार्ने हो कसैले भविश्यवाणी गर्न सक्ने अवस्थामा छैन।कृषि क्षेत्र अन्य क्षेत्र भन्दा फरक र हरेकको दैनिकिसंग प्रत्यक्ष जोडिएको क्षेत्र भएको हुनाले पनि यस प्रति सवैको ध्यान र चासो रहेको पाइन्छ।कृषि बिनाको विश्व कल्पना पनि गर्न सकिदैन र यसको अरु विकल्प पनि हुदैन।कृषिको विकल्प भनेको नै आधुनिक, व्यवसायिक र वैज्ञानिक कृषि हो।यस्तो महत्वपूर्ण क्षेत्रलाई कोरोनाको महामारीले सृजना गरेको परिस्थितले नराम्ररी गाजेको छ तथापी चुनौति संगसँगै अवसरका प्रसस्त आयमहरु हुने भएकाले कोरोनाको प्रभाव र असरलाई अवसरमा वदल्न तत्काल गर्नुपर्ने कामको खाँका, अल्पकालिन र दिर्घकालिन सोचहरु तयार पारी अविलम्व इमान्दारिताका साथ कार्य थालनि गर्नुपर्दछ।
३.१ तत्काल गर्नुपर्ने कार्यहरुः
क० कृषकहरुको साथमा सरकार छ भन्ने कुराको प्रत्याभूति दिलाउने।
ख० कोरोनाको कारणवाट उत्पन्न भएको लकडाउनले गर्दा आपूर्ति सञ्जालमा परेको अप्ठ्यारोलाई समन्वय र सहकार्यको भावनाले तत्काल हल गर्न केहि रचनात्मक कामहरु गर्ने।जस्तै उत्पादक र उपभोक्त विचको सम्वन्ध स्थापित गर्न कल सेन्टरको अवधारणा, सूचनालाई प्रभावकारी संप्रेषण गर्ने व्यवस्था मिलाउने।
ग० किसानहरुको विक्रि नभएका कृषि उपजहरुको कुनै संस्था मार्फत सरकारको सहयोग र सहकार्यमा उपभोक्त माझ पुर्याउन कदमहरु चाल्ने।बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा हेटौडामा सहकारी र काठमाण्डौमा पव्लिक कम्पनी मार्फत कृषि उपजहरुको सहज विक्रि वितरणको व्यवस्था मिलाउदा कृषकहरु लाभान्वित भएका थिए।कृषि एम्वुलेन्सको अवधारणमा पनि काम गर्न सकिन्छ।
घ० कृषि उद्योग, प्रशोधन केन्द्र र उत्पादनका केन्द्रहरुमा कोभिड १९ को सुरक्षाका उपायहरु अपनाई संञ्चालन गर्ने वातावरण तयार गर्ने।
ङ० कृषि उपज उत्पादनमा तत्कालका लागि ह्रास आउन नदिन कृषि उत्पादन सामाग्रिको आपूर्तिलाई सहज बनाउने।
च० बैक मार्फत कर्जा लिई कृषि व्यवसाय गरेको व्यवसायी कृषकहरुको लागि तत्काल सम्वोधन हुनेगरी व्याजमा अनुदान दिने र व्याज वुझाउने अवधि समेत थप गरिदिने।
छ० माछा, मासु, अण्डा, दूध र कृषि उपजहरुको उपयोगवाट कोरोना सर्छ भन्ने नकारात्मक टिकाटिप्पणी आउने गरेको पाइएकोले सो सम्वन्धमा यथार्थ जनमानसमा पुर्याउन सरकारले पहल गर्नुपर्ने।
ज० कोरोनाको प्रभाववाट हिडडुलमा कठिनाई हुनेहुदाँ सुरक्षित तरिकावाट कृषि व्यापारलाइ समेत अनलाइन मार्फत गर्न प्रोत्साहन गर्ने।
झ० तिन तहकै सरकार बीच समन्वयत्मक ढंगवाट कृषकहरुको हितमा काम गर्ने संयन्त्र तयार पार्ने किसानको घरघरमा पुगि सेवा दिने व्यवस्था हुन जरुरी छ।
ञ० किसानलाई परेको गुनासो समस्यालाई तत्कालै समाधान गर्न सरकारले हटलाइनको व्यवस्था मिलाउने।
ट० कार्यालयहरुले कृषकहरु माझ कार्यक्रम पुर्याउने विधि सहज, सरल बनाउने र सकेसम्म भेटघाटलाई कम गरी इलेक्ट्रोनिक मिडिया मार्फत प्रस्ताव माग गर्ने एवं सम्झौता गर्ने कामलाई प्राथमिकता दिने व्यवस्था मिलाउने।
३.२ अल्पकालिन सोच
भनिन्छ, कोरोनाको प्रभाव समाजमा लामो समय सम्म रहन सक्छ। यस्तो विषम परिस्थितमा कृषि क्षेत्रलाई थप उर्जाका साथ अगाडी वढाउन र चुनौतिको सामना गर्न अल्पकालिन सोचका साथै योजना सहित काम गर्न अव कुनै वहानामा ढिला गर्नु हुदैन।कोभिड १९ सकिए पछिको कृषि कस्तो अवस्था हुनेछ भन्ने कुरा अहिलेनै आकलन गर्न मुस्किल छ।त्यसैले प्रभावकारी कार्य योजनाका साथ कोरोना संगसगै कृषि लैजानुपर्ने विद्यमान अवस्था सामू हामी रहेका छौ।के गर्न सकिन्छ त रु अल्पकालिन रुपमा, केही वुदाँहरु प्रस्तुत गरिएको छ।
क० कृषि उत्पादन, कृषि उद्योग र बजारलाई उच्च प्राथमिकतामा राखी कोभिड १९ बाट वच्ने सम्पूर्ण सुरक्षाका उपायहरु अवलम्वन गरी सुचारु गर्ने जो कोहिलाई सरकारले सञ्चालन गर्न अनुमति दिने र उपयुक्त बातावरण मिलाइदिने। सो क्षेत्रलाई आवश्यक पर्ने सुरक्षा देखि कच्चा पर्दाथहरुको उपलव्धताको व्यवस्थामा सहजिकरण गर्ने।
ख० संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहले कार्यक्रमहरु तर्जुमा गर्दा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने र कोभिडको असरवाट प्रभावित वनेका कृषकहरुको पुर्नस्थापना गर्न प्याकेजमा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्ने।
ग० सहुलियतपूर्ण व्याजदरको कर्जाको व्यवस्था गर्ने र किसानहरुले सहज तरिकाबाट कर्जा पाउन सक्ने बातावरण निर्माण गर्ने।
घ० तीनै तहका सरकारहरुले ३ वर्षे कोभिड १९ संगसगै कृषि क्षेत्रको रणनीति तयार पारी लागू गर्ने।
ङ० बाझो जमिनको अधिकतम उपयोग गरी उत्पादनमा वृद्धि गर्न आवश्यक प्रोत्साहनका कार्यक्रमहरु लागू गर्ने।
च० न्यूनतम समर्थन मूल्य तोकी किसानहरुवाट विक्रि नभएका कृषि उपजहरुको खरिद गर्ने व्यवस्था मिलाउने यसवाट कृषकहरुमा उत्पादनमा लाग्न थप उत्साह जागृत हुनेछ जसले गर्दा कोरोनाको प्रभावको वीचमा पनि कृषिको विकास र विस्तार हुन मद्दत पुग्दछ।
छ० लगानी सुरक्षित र जोखिमलाई न्यूनिकरण गर्न बिमा गर्ने परिपाटिलाई अभियानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने।
ज० कोरोना वाट अति प्रभावित, प्रभावित र कम प्रभावित कृषि क्षेत्रको पहिचान गरि सोही बमोजिम राहतका कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउने।
झ० कृषि आवश्यक छ, त्यसैले कोरोनाको बीचमा कृषि सम्भव छ भन्ने मूल विषयलाई आत्मसाथ गरी कृषिमा कोभिड १९ ले पुर्याएको नकारात्मक पक्षलाई हटाउन प्रयत्नहरु जारी राख्ने र यस्तो विषम परिस्थितमा समेत जोखिम मोलेर कृषि कर्म गर्ने जो कोहिलाई राज्यले प्रोत्साहन गर्ने नीति लिने।
ञ० कृषि उपज, पशुपन्छी जन्य पर्दाथ, मत्स्य आदिको खपत बृद्धि गर्न उपभोक्ता माझ सुरक्षित वितरणको व्यवस्था मिलाउन संयन्त्र तयार गर्ने ।
३.३ दिर्घकालिन सोच
कोरोना पछिको कृषि कस्तो हुन्छ र दिगो रुपमा कृषि क्षेत्रलाई कसरी संरक्षित गर्न सकिन्छ सो सम्वन्धमा अध्ययन गर्न जरुरी छ।कृषिमा कोरोनाले पार्ने प्रभाव सकारात्मक र नकारात्मक दुवै किसिमका हुन सक्छन्।कोरोनाको प्रभावले पुर्याएको क्षतिको सन्दर्भमा समयमानै सहि आकलन गर्न सकिएन भने खाद्य र पोषण सुरक्षामा गम्भिर असर पुग्न सक्छ र भोकमरीको स्थितिको सामना गर्नुपर्ने पनि हुनसक्छ।यद्यपी समयमानै सरोकार निकायहरुले समस्यालाई नजिकवाट पहिचान गरी दिर्घकालिन समाधानका उपायहरु खोजेमा भने कोरोना पछिको कृषिको अवस्था सोचे भन्दा पनि सुखद हुन सक्छ।दिर्घकालिन रुपमा के गर्न सकिन्छ त सो विषयमा बुदाँगत रुपमा केहि चर्चा गर्ने कोशिष गरिएको छ।
क० २० वर्षे कृषि बिकास रणनीतिलाई समय सापेक्ष परिमार्जन गर्ने र सोही अनुसार कृषकहरुको हितमा हुने गरी कार्यान्वयनका लागि संयन्त्र तयार गर्ने।
ख० अबको कृषिको बाटो पहिल्याउने सन्दर्भमा तीनै तहको सरकार बीच घनिभूत वहस र छलफल गरी विज्ञहरुको समेत राय सुझाव समेटी “कोरोना पछिको कृषि देशको उन्नती र समृद्धि” भन्ने सोचलाई अनिवार्य पुरा गर्ने गरी काम गर्ने बातावरण सृजना गर्ने।
ग० कृषिमा लगानीको बातावरण मिलाउने र न्यूनतम व्याजदरमा कृषि कर्जाको व्यवस्था गर्ने।
घ० किसानहरुलाई कृषि कर्मवाट न्यूनतम बचतको भागीदार वनाउने, संरक्षित कृषि सुरक्षित बचतको अवधारणालाई साकार पार्ने।
ङ० किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई न्यूनतम मूल्य तोकी खरिद गर्ने व्यवस्था अनिवार्य मिलाउने।
च० कृषि उत्पादन सामग्रीहरुको उपलव्धताको व्यवस्था मिलाउने।
छ० प्रभावकारी रुपमा उत्पादन प्रतिफलमा आधारित अनुदानको व्यवस्था मिलाउने।
ज० किसान परिचय पत्र वितरण, कृषक प्रोत्साहन कार्यक्रम, किसान पेन्सन, क्रेडिट कार्ड जस्ता लोकप्रिय कार्यक्रमलाई अगाडी वढाउने।
झ० कोभिड १९ जस्तै अन्य महामारी भविश्यमा पनि आउन सक्ने हुदाँ कृषि क्षेत्रलाई थप मजवुद वनाउन उच्च प्रविधिमा आधारित कृषि पद्धतिलाई अवलम्वन गर्ने, चक्लावन्दी तथा सामुहिक खेति प्रणालि स्थापित गरी कृषि पेशामा आश्रित मानिसको संख्या उल्लेख्य कम गर्ने, कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान कम गर्दै कृषि उद्योग तर्फ आकर्षित गर्ने ।
ञ० “कोरोना पछिको सवाल कृषिमा आत्मनिर्भर नेपाल” वनाउन उत्पादन र वजारीकरणमा लक्षित कार्यक्रमहरुको निर्माण र सो को प्रभावकरी कार्यान्वयन गर्ने।
ट० कोरोनाको प्रभावले विदेशवाट नेपालमा नै केहि गर्न फर्केका युवाहरुलाई परिचालन गरी भूमिको वर्गिकरण गर्दै भूमि बैकको अवधारणामा प्रविधि र पुँजिको संयोजन मार्फत व्यापक रुपमा कृषि उत्पादनमा वृद्धि गर्न सकिने अवसरलाई भरपुर उपयोग गर्ने।
४. कोभिड १९ पछि कृषिमा आत्मनिर्भर नेपालको परिकल्पना तर कसरी ?
देशलाई पुग्ने उत्पादन देशमानै गर्ने अवधारण हरेक देशले लिएको हुन्छ नेपालको लागि पनि यो नौलो विषय होइन आर्थिक हिसावले होस या समृद्धिको, कृषिमा देश आत्मनिर्भर भएमा यस वाट प्रत्यक्ष वा परोक्ष रुपमा आम जनताको जिवनमा सकारात्मक प्रभाव पर्नेछ।देश खाद्यन्न, तरकारी, फलफूल, दूध, फूल, मासु लगायतमा आत्मनिर्भर हुने र त्यस पश्चात निर्यातमा ध्यान पुर्याउने भन्ने सन्दर्भ कृषि क्षेत्रमा निर्माण भएका जुनसुकै प्रतिवेदनररणनीतिमा उल्लेख भएको विषय हो।अहिलेको परिवेशमा झन् वढी सान्दर्भिक वनेको छ कारण कोभिड १९ ले कृषि क्षेत्रमा पारेको असर र सो वाट सृजित अवसरहरुले खोलेको सम्भावनाको अनगिन्ति बाटाहरु।
कोभिड पछि बाझो रहेको र खेतियोग्य भएर पनि प्रयोगमा नआएको जमिनको भरपुर उपयोग हुनेछ भन्ने आकलन गरिएको छ।कोभिड १९ को प्रभावले रोजगारी गुमाएका स्वदेशी र विदेशमा काम गर्ने नेपालीहरु कोभिडको कारणले गर्दा नेपालमै वस्ने बातावरणले गर्दा अव कृषि उत्पादनमा लाग्न सक्ने प्रशस्त सम्भावना रहेको छ।सरकारले भने अनुकुलित बातावरण निर्माण गर्ने र आवश्यक पर्ने सेवा टेवाको प्रवन्ध गर्नुपर्दछ।यसले गर्दा कृषि उत्पादनको क्षेत्रमा व्यापक बृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ। बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेपको रुपमा संकलन भएको रकम कृषि क्षेत्रमा लगानी हुने सम्भावना पनि प्रचुर रहेको छ। अन्य लगानीको क्षेत्रहरु कोभिड १९ का कारणले खुम्चदै जानुले पनि कृषिमा लगानीको सम्भावना वढेको हो। कोभिड १९ का कारण ढूवानीको समस्याले बाहिरि देशवाट भित्रने कृषि उपजहरु सहज रुपमा भित्रन नसक्दा स्वदेशको उत्पादनले वजार पाउने सम्भावना रहेकोले पनि कृषकहरुमा थप हौसला जागृत हुनाले उत्पादन वढन सक्ने देखिन्छ।
असम्भव भन्ने केहि पनि छैन कमी छ त इच्छाशक्ति र इमान्दारीताको। कृषिमा देशलाई आत्मनिर्भर बनाउन प्रभावकारी योजना निर्माण गर्ने र सो योजनाको कार्यान्वयनमा समन्वयात्मक ढंगबाट सबै पक्ष इमान्दार भएर लाग्नुपर्ने हुन्छ अन्यथा कृषिका विषयहरु योजनामा नै सिमित रहने र आम कृषकहरुले अनुभूति गर्न नपाउने विगतकै नियति भोग्नुपर्ने जोखिम रहनेछ।हामी सग भएका सिमित साधन र श्रोतको बावजुद पनि कृषि पेशालाई मर्यादित, नाफामूलक र सम्मान योग्य वनाउन सकिन्छ भन्ने कुरामा कसैको पनि दुइमत नरहला।कोरोना सगसगै कृषि भन्ने अवधारणालाई आत्मासाथ गर्दै कृषिको व्यवसायिकरण विविधिकरण यन्त्रिकिकरण गर्दै आधुनिकिकरणको चरणमा प्रवेश गराउन सकेमा कृषिमा नेपाल आत्मनिर्भर वन्न सक्ने प्रवल सम्भावना देखिन्छ।
५. कृषि क्षेत्रमा कोभिड १९ ले निम्त्याएको चुनौती र सम्भावनाहरुः
विश्वव्यापी फैलिएको कोरोनाको महामारीवाट नेपालको कृषि क्षेत्रमा पनि असर पारेको छ।किसानहरुको आफ्नो कृषि पेशा प्रति चुनौती थपिएको र कृषि पेशावाट पलायन हुने हो की भन्ने आशंका उत्पन्न भएको छ।चुनौतिलाई एकतावद्ध भएर सामना गर्नुको अर्को विकल्प पनि कृषकहरुमा छैन।यस्तो परिस्थितिमा किसानहरुले कोभिड १९ को महामारीले गर्दा भोग्नु परेको चुनौतीहरुको चर्चा गर्नु सान्दर्भिक हुन्छ र यहि बीचमा आशाका किरणहरु जिवितै राख्न अवसर र सम्भावनाहरुको खोजी गर्नु सरोकारवाला सवै पक्षको कर्तव्य र दायित्व पनि हो।
कृषि उपजहरुको उत्पादन र उत्पादित वस्तुको वजारीकरण सम्मको मूल्य श्रृखलामा नराम्ररी नै क्षति पुर्याएको छ।कृषकहरुमा कोभिड १९ को त्रासले नैराश्यता उत्पन गराएको छ। व्यवसायीहरुलाई कसरी आफ्नो कृषि व्यवसायलाई निरन्तरता राख्ने भन्ने भविश्यको चिन्ताले गाजेको छ । भोकमरी जस्तो दयनिय अवस्था आउन सक्ने आकलन गर्न थालिएको छ । काम गर्ने बातावरणमा अवरोध भएको छ ।कृषिमा काम गर्ने श्रमिकहरुको व्यवस्थापन र उपलव्धताको अवस्था नाजुक वन्दै गएको छ।उपभोक्ताहरुमा पनि कृषि उपजहरुको खपतमा कमी आउदाँ उत्पादित वस्तुको बिक्रिमा समस्या देखिएको छ। खाद्य र पोषण सुरक्षाको अवस्था थप विग्रन सक्ने सम्भावना रहेको छ।
५.१ सम्भावनाहरु
उज्यालोको पर्खाइमा नै मानिसहरुले अध्यारोको पिडा झेलिरहेको हुन्छ भन्ने भनाई आजको सन्दर्भमा पनि उत्तिकै मिल्दोजुल्दो छ। कोभिड १९ अहिले अध्यारोको रुपमा आफ्नो प्रभाव र असर समाजमा कायम राखेको छ र अकल्पनिय क्षति पुर्याइरहेको छ र अझै पुर्याउने सम्भावना कायमनै छ। हरेकले धैर्यता र संयम राख्न आवश्यक छ ।कोभिडलाई परास्त गर्दै कृषि क्षेत्रमा उज्यालो ल्याउनु कम चुनौतिपूर्ण काम त होइन तर पनि हामी नेपालीमा भोलिको सम्भावना र अवसरको पर्खाईमा तत्कालको पिडालाई भुल्ने र झेल्ने बानीपरिसकेको छ । खासमा कृषिमा कस्ता सम्भावनाहरु छन भन्ने विषयमा बुदाँगत रुपमा चर्च गर्ने कोशिष गरिएको छ।
५.१ कोभिड १९ पश्चातको कृषि, व्यवसायिमूलक, नाफामूलक, उच्च प्रविधिमा आधारीत, सम्मानयोग्य सभ्य हुनेछ।
५.२ हरेक व्यक्तिले कृषि पेशा अगाल्ने छन्। शहरवाट मानिसहरु गाउ तर्फ लाग्नेछन र वाझो रहेको जमिनको भरपुर प्रयोग भइ कृषि उत्पादनमा बृद्धि हुनेछ।
५.३ ठूला ठूला लगानीकर्ता कृषि उत्पादन र उद्योगमा आकर्षित हुनेछन्।रोजगारीका अवसरहरु सृजना हुनेछ।
५.४ राज्यको लगानीमा थप वृद्धि हुनेछ र कृषकहरुले राहतको महशुष गर्नेछन्।
५.५ भोकमरी आउन सक्ने चुनौतिको सामना गर्न उत्पादनको क्षेत्र र दायरामा विस्तार हुनेछ।
५.६ करेशावारी र कौशी खेति तर्फ मानिसहरु आकर्षित हुनेछन् जसले खाद्य तथा पोषण सुरक्षामा उल्लेख्य टेवा पुग्नेछ।
५.७ अन्य लगानीको क्षेत्र खुम्चदै जादाँ बैक मार्फत कृषि क्षेत्रमा भने सहुलियतपूर्ण व्याजदरमा कर्जा उपलव्ध हुनेछ।
कोभिड १९ ले कृषि क्षेत्रमा पारेको असर र चुनौतिहरुको समयमानै सम्वोधन गर्न कोशिष नगर्ने हो भने कृषि क्षेत्रमा यसले निम्त्याउने परिणामको कल्पना समेत गर्न सकिदैन।परिस्थिति अनुसार जुध्नका लागि थप चनाखो वन्न जरुरी छ र माथी उल्लेख गरिएको तत्काल, अल्पकालिन र दिर्घकालिन सोच अनुसार योजनाहरु तय गरी सबै एक जुट भएर सामना गर्नु नै अहिलेको समयमा वुद्धीमानी ठहरिनेछ।
६ . सारंश
कोभिड १९ को महामारीले कृषि क्षेत्रमा पार्न सक्ने असर र प्रभावलाई न्यूनिकरण गर्न र हरेक मानिसको खाद्य सम्पुभ्रताको मौलिक हकवाट समेत वञ्चित नगर्न सरकारले पहल कदमी लिन आवश्यक छ।नेपालको अर्थतन्त्रमा प्रमुख हिस्सा ओगटेको क्षेत्र कृषिको भविश्य अन्योलमा पर्ने हो कि भन्ने चिन्ता र चासोको बीच कृषकहरुको हितमा अविलम्व योजना र कार्यक्रमहरु कार्यान्वयन गरी कृषकहरुको मनोवल बृद्धि गर्न अव ढिला गर्नु हुदैन।कोभिड १९ ले समाजमा एक प्रकारको अन्योल सृजना गरेको भएता पनि कृषि, पशुपन्छी र मत्स्य लगायतका क्षेत्रको विकासमा निजी, समुह, सहकारी, सार्वजनिक, सरकारी क्षेत्रवाट समन्वय, सहकार्य र सहयोगी भावना कायम राखी उच्च मनोवलका साथ अधिकतम सुरक्षाका उपायहरु अपनाई काम गर्नु नै अहिलेको लागि उत्तम विकल्प हो।
नेपालले विभिन्न समयमा अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धता, दिगो विकास लक्ष्य, संघिय नीति, नियम, ऐन, प्रदेश ऐन, नियम, प्रदेश नीति तथा योजना आयोगले जारी गरेको आवाद्यिक योजना, २० बर्षे कृषि विकास रणनीति र स्थानीय आवश्यकता समेत पहिचान गरी भूमिको वर्गिकरण तथा भूमि वैक स्थापना गर्ने, सामुहिक खेति र कृषि प्रणालिलाई प्रविधि सग जोडी अभियानको रुपमा तीनै तहको सरकारको सहकार्य र समन्वयमा अगाडी वढ्न सक्दा मात्र कोभिड १९ को महामारी पछिको कृषिलाई उपयुक्त गन्तव्यमा पुर्याउन सकिनेछ अन्यथा कृषिको विकास कागजमा मात्र सिमित हुनेछ र कृषिमा आत्मनिर्भरको सपना फेरी एकपल्ट सपनामानै सिमित रहनेछ।
भोकमरीको अन्त्य खाद्य सुरक्षाको प्रत्याभूति दिन सक्ने निर्विकल्प क्षेत्र भनेको कृषि हो।साञ्चै इतिहासले हामीलाई फेरी पनि मौका दिएको छ।यो मौकाको अधिकतम सदुपयोग गर्ने तर्फ सबैको ध्यान पुग्न आवश्यक छ। समृद्धि सम्भव छ र अव सबैले हिड्ने गोरेटो भनेको नै कृषि हो।कोरोनाको महामारी भयो अव केहि गर्न सकिदैन भन्ने सोचको विकास गर्नुहुदैन र समस्याको विच वाट कोरोना सगसगै कृषि क्षेत्रको व्यवसायिकरणमा लाग्नुले नै देशको र आफ्नो हित गर्नेछ। कोभिड १९ पछिको असरलाई तवमात्र जित्न सकिन्छ जव हामी सवै मिलेर जुटेर सामना गर्न सक्नेछौ।
किसान हाम्रो साथी भन्ने सोचको विकास गरी किसानको नै हक हितमा हुनेगरी सम्वन्धित संघ सस्थालाई समेत संम्लग्न गराई एकसाथ कोभिड १९ को महामारी माथी विजय प्राप्त गर्न सकिनेछ र कृषि क्षेत्रमा लागेको तुहालो हटाउन मद्दत पुग्नेछ।सहकार्य, समन्वय र सहकारीताको मन्त्रलाई आत्मसाथ गरी स्थानिय तहको भूमिकालाई कृषिको विकासमा समाहित गर्न सकेमा मात्र कृषिमा आत्मनिर्भरको लक्ष्य हासिल गर्न सकिन्छ।

शीर्ष समाचार

धेरै पढिएको