November 21, 2024, Thursday
KN hd tv

पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन

पर्वत – खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालय पर्वतले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष पर्वतका सात वटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले किसानलाई आलु खेतीतर्फ आकर्षित गर्दै आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गएको वर्षदेखि यो कार्यक्रम लागू गरेको जनाएको छ ।

अघिल्लो वर्ष एक सय ५२ हेक्टरमा आलु खेती गरिएको थियो । यस वर्ष ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफल पनि घटाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको