November 21, 2024, Thursday
KN hd tv

कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा, हड्तालदेखि प्रदेशसभा घेराउसम्म

मोरङ । कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहेका पहिचान पक्षधर संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ । समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने भएको छ ।

समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ । तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रम सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको