बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्त
सुनसरी । सुनसरीको इटहरी–१३ स्थित खनारमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाई दिएका छन् । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्यनरत विद्यार्थी हुन् ।
दुर्घटना गराएर भागेको बसलाई आक्रोशित स्थानीयले ५ सय मिटर पर पुगेर आगो लगाएका छन् । आगजनीबाट जलेर बस पूर्णरूपले ध्वस्त भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै खनारक्षेत्र केहीबेर तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने कोशी राजमार्ग भएर गुड्ने सवारी साधनलाई प्रहरीले सुनसरी मोरङ सिँचाई आयोजनाको नहर हुँदै बाइपास गरेर सञ्चालन गरेको छ । चालकलाई भने इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्