दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
काठमाण्डाै – भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको दोस्रो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ७ विकेटले विजयी भएको छ ।
कर्नाटकको टोलीले दिएको १ सय २२ रनको लक्ष्य नेपाली युवा टोलीले २५ औं ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका आकाश त्रिपाठीले नटआउट ५२, मयन यादवले ३२ रन बनाए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्नाटकको टोली ३८ ओभर १ बलमा १ सय २१ रनमा अलआउट भयो । कर्नाटकका रिशव अपाचुले ४०, प्रथिकले ३७ रन बनाए । नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले ४/४ विकेट लिए ।
योसँगै पाँच खेलको शृङ्खलमा १–१ को बराबरी भएको छ । शृङ्खलाको पहिलो खेलमा कर्नाटकको टोली १ विकेटले विजयी भएको थियो ।
नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेल्न लागेको हो । यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।
प्रतिकृया दिनुहोस्