November 21, 2024, Thursday
KN hd tv

सत्ता छाडेपछि झन कम्फर्टेबल फिल गरेको छु : प्रचण्ड

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री छाड्नु पर्दाको पीडामा आफू नरहेको बताएका छन् । आफू सरकारबाट हट्दा संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता रहेको उनले बताएका छन् । 

नेपाल राष्ट्रिय प्राध्यापक संघका पूर्व संयोजक अखिलेश्वर दासको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री छाडेपछि आफू झन रिल्याक्स मुडमा रहेको बताएका हुन् । ‘प्रचण्डलाई सरकार छाडेको पीडा छैन । प्रधानमन्त्री हुँदाभन्दा झन कम्फर्टेबल फिल गरेको छु । रिल्याक्स छु । जनतासँग गइरहेको छु,’ उनले भने, ‘संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता छ ।’

प्रचण्डले विगतको इतिहासबाट आफूले पाठ सिकेको दावी गरे । ‘म कतै चिप्ला कुरामा चिप्लिएँ । देशको राजनीति जटिल भयो भन्ने महसुस भएको छ । इतिहासले जसलाई मिल्नु भनेको छ, उनीहरूसँग मिल्नु पर्छ भन्ने आवश्यकताबोध भएको छ ।’ उनले विगतको जस्तै संविधान मिच्ने र संसद् विघटन गर्ने कसरत सफल हुन नपाओस् र देशलाई फेरि प्रतिगमनतिर लैजाने कसरत सफल नहोस् भनेर परिवर्तन पक्षधरहरू एकजुट हुनुपर्ने बताए ।  

शीर्ष समाचार

धेरै पढिएको