November 21, 2024, Thursday
KN hd tv

युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर

काठमाण्डाै – युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो युद्ध इजरायलको इतिहासकै लामो र खर्चिलो बनेको छ । पछिल्लो एक वर्षमा इजरायलले हजारौँ सुरक्षाकर्मी गाजा र दक्षिण लेबनानमा पठाएको छ । हजारौँको सङ्ख्यामा हवाई आक्रमण गरेको छ ।काठमाण्डाै –युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो युद्ध इजरायलको इतिहासकै लामो र खर्चिलो बनेको छ । पछिल्लो एक वर्षमा इजरायलले हजारौँ सुरक्षाकर्मी गाजा र दक्षिण लेबनानमा पठाएको छ । हजारौँको सङ्ख्यामा हवाई आक्रमण गरेको छ ।

आफूमाथि भएका क्षेप्यास्त्र र ‘ड्रोन’ हमलालाई निस्तेज पार्न हवाई प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने क्रममा उसले दशौँ लाख डलर खर्च गरेको ठानिएको बीबीसीले उल्लेख गरेको छ । इजरायलका अर्थमन्त्री बेल्सालेल स्मोट्रिचले युद्धका लागि आफ्नो देशले ६० अर्ब डलर भन्दा बढी चुकाउनुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

हमास र हिजबुल्लाहविरूद्धको लडाइँले देशको अर्थतन्त्रमाथि गम्भीर असर पारिसकेको विश्लेषण गरिएको छ । अर्थमन्त्री स्मोट्रिचले संसद्लाई सम्बोधन गर्दै इतिहासकै लामो र खर्चिलो युद्धमा रहेको यसअघि बताउनुभएको थियो ।

ब्याङ्क अफ इजरायलका पूर्व गभर्नर कार्निट फ्लोगले सरकारले नोक्सानी कम गर्न कर बढाउनुपर्ने बताउनुभएको छ । अर्थविद्हरूले चुलिएको सैन्य खर्चलाई धान्ने हिसाबले खर्च कटौतीसहित सन् २०२५ का लागि बजेट प्रकाशित गर्न सरकारलाई अनुरोध गरिरहेका छन् ।

सन् २०२३ को अक्टोबर अघिसम्म इजरायलको अर्थतन्त्र बलियो हुँदै गइरहेको थियो तर युद्ध शुरु भएयता सङ्कुचित हुन पुगेको छ । ब्याङ्क अफ इजरायलले सन् २०२४ मा अर्थतन्त्र जम्मा शून्य दशमलव ५ प्रतिशतले बढ्ने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको