October 25, 2024, Friday
KN hd tv

रेड जोनबाट म्याग्दी आउनेलाई कडाइ

म्याग्दी – कोरोना संक्रमणबाट अतिप्रभावित ठाउँ (रेड जोन)बाट म्याग्दी प्रवेश गर्नेहरुलाई कडाइ गर्ने भएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले असोज १ देखि सवारी साधनहरु सञ्चालन भएपछि रेड जोनबाटआउने यात्रुहरुलाई लक्षित गरी कडाइ गरिएको हो। त्यस्ता क्षेत्रबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने भएको हो।

रेड जोनबाट सवारी साधनमार्फत म्याग्दीको सदरमुकाम बेनीमा भित्रिएका यात्रुहरुलाई कालीपुलमा रहेको होल्डिङ सेन्टरमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने र यात्रुहरु घरमा पुगेर १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी एवं सिसिएमसीका संयोजक उमाकान्त अधिकारीले बताए।

‘कोरोनामुक्त जिल्लामा अब थप चुनौती थपिएको छ,’ उनले भने, ‘सेल्फ क्वारेन्टाइनमा बस्न अटेर गर्नेलाई स्थानीय तहको क्वारेन्टाइनमा राखिने छ।’ सक्रिय कोरोना संक्रमितमुक्त जिल्लामा लामो दूरीबाट आउने यात्रुलाई समुदायस्तरमा कोरोना फैलिन सक्ने जोखिमबाट बच्न यस्तो गरिएको उनको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको