May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
KN hd tv

जनकपुर आउँदै नेपाली रेल

काठमाडौं- भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल परीक्षणका लागि आज जनकपुर आइपुग्ने भएको छ ।

रेल नेपाल ल्याइएसँगै जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालन गरिनेछ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ ।

रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर पुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् ।

भारतीय प्राविधिक कर्मचारीले नै रेल सञ्चालन गर्नेछन् । जसमा चालक, इन्जिनियर र संकेत देखाउने कर्मचारी छन् ।

भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता गर्ने तयारी भइरहेको छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’ महाप्रबन्धक भट्टराईले भने ।

बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको