July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

राष्ट्रियसभा सदस्यमा वामदेव गौतम मनोनित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदमा नियुक्त गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति कार्यालयका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

शीर्ष समाचार

धेरै पढिएको