November 21, 2024, Thursday
KN hd tv

भारी वर्षाको जोखिम प्रक्षेपणपछि ‘हाइअलर्ट’ मा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं  ।  गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशमा ‘हाइअलर्ट’ रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका हुन् । उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु ।’ 

थप समन्वय र सो सम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुका धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरे ।

गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढी–पहिरो जाँदा गृहमन्त्रीले समन्वय गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । मौसमविद्को रेडअलर्ड जारी गरेपनि सरकारले आवश्यक पूर्वतयारी नगरेको र उद्धारमा खट्न नसकेको भन्दै आलोचना भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोली कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको