March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार
KN hd tv

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दैः मन्त्रीमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषय छलफलका एजेण्डा

काठमाडौं–नेकपा सचिवालयको पेरिसडाडामा हुने पहिलो बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो। बैठक शुक्रबार विहान ११ बजे बस्दैछ।

विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ। स्थायी कमिटीको निर्णयबमोजिम एजेण्डाकै रुपमा मन्त्रिमण्डल पुनर्गठनबारे सचिवालय बैठकमा छलफल हुने एक सचिवालय सदस्यले बताए।

सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सचिवालय बैठकले प्रधानमन्त्रीलाई सुझाव दिने भएको हो।

शीर्ष समाचार

धेरै पढिएको