देशभर बाढी, पहिरो र डुबानमा परी ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता
काठमाडौं- अविरल वर्षासँगै निम्तिएको विपद्का कारण देशभर ११२ जनाको मृत्यु भएको छ भने ६८ जनाको बेपत्ता भएका छन्। देशभर कम्तीमा सय जना घाइते भएका छन्। सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ। काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५/५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ।
यस्तै धनकुटा र सोलुखुम्बुमा २/२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको ज्यान गएको छ। पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन्।
- Ads
- Banner News
- blog
- Bookkeeping
- Education
- English
- FinTech
- Flash News
- Live Stream
- Nepal
- News
- Slider
- Uncategorized
- Videos
- अन्तराष्ट्रिय
- अन्तर्वार्ता
- अन्तर्वार्ता
- अर्थ
- कर्णाली
- कर्पोरेट
- कला
- कानुन/अपराध
- कानून
- कानून
- कार्टून
- कृषि
- खेलकुद
- गण्डकी
- जीवनशैली
- जीवनशैली
- ट्रेन्डिङ
- दुर्घटना
- देश
- धर्म / संस्कृति
- नेपाल बाहिरका नेपाली
- पत्र–पत्रिका
- पत्रकारिता
- पर्यटन
- पूर्वाधार
- प्रकोप
- प्रदेश १
- प्रदेश २
- प्रवास
- प्राकृतिक प्रकोप
- प्रोफाईल
- फोटो ग्यालरी
- फोटो फिचर
- बागमती
- बीमा
- बैंकिङ
- मनोरञ्जन
- मुख्य खबर
- मौसम
- युद्ध
- राजनीति
- रोचक प्रसङ्ग
- रोजगारी
- लुम्बिनि
- विकास निर्माण
- विचार
- विविध
- विशेष
- विशेष समाचार
- विश्व
- व्यक्ति विशेष
- शिक्षा
- समाचार
- समाज
- सम्पादकीय
- सम्वाद
- सामाजिक सञ्जाल
- साहित्य
- सुदूरपश्चिम
- सूचना प्रबिधि
- सेयर बजार
- स्थानिय
- स्वास्थ्य
नेपाल प्रहरीको तथ्यांक अनुसार १०४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ। ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ नेपाल प्रहरीले जनाएको छ। गृह मन्त्रालयका अनुसार विपद्मा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ।
धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ। बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो।
नदी, खोला, खोल्सा र खहरेमा आएको बाढीले तटीय क्षेत्र तथा नजिकैका बस्तीमा जनधन क्षति गरेको गृह मन्त्रालयले जनाएको छ। मुलुकभर कम्तीमा १ सय ९५ घरमा क्षति पुगेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांक छ। मनसुनजन्य प्रकोपबाट बिहीबारयता ६४ स्थानमा सडकखण्ड अवरुद्ध बनेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी र पाँचथरको हेवाखोलाको बेलिब्रिज बगेका छन्। उदयपुर र खोटाङ जोड्ने खोक्सिङटार तथा रामेछाप र सिन्धुली जोड्ने खुर्कोट नजिकै मोटरेबल पुल पनि बगेका छन्। पहिरोका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग सबैमा यातायात सेवा अवरुद्ध छ।
बाढीपहिरोबाट आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ। केही प्रसारणलाइनमा समेत क्षति पुग्दा १३ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बन्द भएका छन्।काठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा परेका छन्। वाग्मती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए। काठमाडौंको फर्पिङमा एउटा पक्की घर भत्किएर ५ जना र स्वयम्भू नजिकै इचंगुनारायणमा पनि घरभित्रै पुरिएर ३ जनाको ज्यान गएको छ।
प्रतिकृया दिनुहोस्