November 21, 2024, Thursday
KN hd tv

बाढी पहिरो अपडेट : काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु

काठमाडौं :  बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । 

उपत्यकामा १७ जना घाइते भएका छन् । काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । काठमाण्डौ उपत्यकामा नेपाल प्रहरीको ४ हजार ७६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । 

शीर्ष समाचार

धेरै पढिएको